• ६ असार २०८३, शनिबार
  • ३:०० बेलुका

गाउँपालिकाको भवन शिलान्यास

प्रकाशित मिति

२०७७ भाद्र ६ गते, शनिबार ०८:००

वालिङ, स्याङ्जा कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा नं। ४ स्थित गहलाममा स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएसँगै भवन निर्माण शुक्रबार शुरु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

रु। सात करोड ७० लाख ९७ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी श्याम सुन्दर निर्माण सेवा कम्पनी बानेश्वर काठमाडौंसँग ठेक्का सम्झौता भएको अध्यक्ष थापाले बताउनुभयो । “भवन निर्माण पहिले नै शुरु गर्ने तयारीमा थियौं तर कोभिड १९ को बन्दाबन्दीका कारण थालनी गर्न सकेनौं”, अध्यक्ष थापाले भन्नुभयो ।

Kamana Sewa

भवन २०७८ असोज महीनासम्ममा निर्माण सम्पन्न भईसक्ने अध्यक्ष थापाले बताउनुभयो । साविकको विर्घा गाविस कार्यालयबाट सेवा प्रवाह गर्दै आएपनि अहिले सेवा प्रवाहमा समस्या भएका कारण भवन निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भएसँगै विषयगत शाखाहरु पनि थप भएकाले साविकको गाविसको भवनले मात्रै अपुग भएकाले भवन निर्माण थालिएको बताइएको छ ।

Classic Tech Desktop

गहलामका १५ जना जग्गाधनीले गाउँपालिकाको भवन निर्माणका लागि ३१ रोपनी जग्गा निःशुल्क गाउँपालिका कार्यालयको नाममा पास गरीदिएका थिए ।
रासस

प्रतिकृया