• ८ असोज २०८३, बिहीबार
  • ३ः४३ दिउँसो

कालीकोट पहिरोमा मृत्यु भएका ६ जनाको सनाखत

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार १२:०८

काठमाडौँ, कालीकोटको महाबै गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ । पहिरोमा परी १३ वर्षका पुष्प बिष्ट, ११ वर्षका प्रविण बिष्ट, १८ वर्षीया सविना बिष्ट, १५ वर्षीया आशा विष्ट, १३ वर्षकी शान्ति बिष्ट र १९ वर्षकी रेखा बिष्ट रहेको कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

National Life

उनका अनुसार पहिरोमा परी मृत्यु हुनेमा स्थानीय रजबहादुर विष्टका ४ छोराछोरी र उनका दाजु डिलबहादुर विष्टका २ छोरी हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र जनप्रतिनिधिसहितको टोलीले घटनास्थलबाट मृतकको शव निकालेको ओलियाले बताए । घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको ओलियाको भनाइ छ ।

प्रतिकृया