• ८ असोज २०८३, बिहीबार
  • १२ः३१ राती

महोत्तरीमा  ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना सङ्क्रमण

प्रकाशित मिति

२०७७ श्रावण २५ गते, आईतवार ०५:१५

 

National Life

महोत्तरी, महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी कार्यालयले गत मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

त्यसलगत्तै बुधबार मन्त्री यादवमा सङ्क्रमण भएको पुष्टि भएको थियो । परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उनका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा आज पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।

प्रतिकृया