दुर्घटना परी एकको मृत्यु, तीन घाइते
प्रकाशित मिति
२०७७ श्रावण ५ गते, सोमबार १२:४७
जनकपुरधाम, सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार बरहथवाबाट नयाँ रोडतर्फ जाँदै गरेको बिआर ३० आर १७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा।३८ प. ८०७४ नम्बरको मोटरसाइकल बरहथवा नगरपालिका ६ मा ठक्कर खादा बीआर ३० आर १७४८ नम्बरको मोटरसाइकलका चालक बरहथवा नगरपालिका ५ बस्ने २३ वर्षीय विवेक साहको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय आस महम्द, बा. ३८ प. ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका ३ भवानीपुर बस्ने ३१ वर्षीय नवलाल साह र पछाडि सवार सोही ठाउँका ४८ वर्षीय रामसुधिर साह घाइते भएका छन् ।
घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको र ठोक्किएका दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






प्रतिकृया