• २१ भदौ २०८३, आइतबार
  • १२ः२५ राती

नक्कली नोटसहित तीन जना पक्राउ

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०८:००

 

National Life

बारा । नक्कली नोटसहित बाराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बाराको महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको हो ।

Classic Tech Desktop

पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा बारा आर्दशाकोटवाल गा.पा.वडा नं. ६ पटेर्वाका ३० वर्षीय नरेन्द्रप्रसाद कुशवा, सिम्रौनगढ नगरपालिका ५ का २६ वर्षीय मनोजकुमार साह र भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया १० का २५ वर्षीय सुधिरकुमार कुशवाहा रहेका छन् ।

ना.५४ प.३८०५ नं.को मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाको साथाबाट भारतीय र नेपाली नक्कली रुपैयाँ बरामद गरिएको घटनाका विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिकृया