शववाहन सञ्चालनार्थ आवाश्यक सहयोगको लागि अपिल गर्दै समता सचेतना समाज
प्रकाशित मिति
२०७७ श्रावण २ गते, शुक्रबार ०९:१७
भक्तपुर,नबराज काफ्ले । चाँगुनारायण नपा–२,दुवाकोटबाट एक दशक भन्दा बढी समयदेखि समाज रुपान्तरण अभियानमा निरन्तर क्रियाशिल विशुद्ध सामाजिक संस्था समता सचेतना समाजले छिट्टै शव वाहन सञ्चालनमा ल्याउने गरि आवाश्यक प्रक्रिया अगाडि बढाएको सचेतना समाजका अध्यक्ष उमेश प्रधानले अवगत गराए ।

रु ११ लाख लागतममा खरिद गर्न लागिएको शववाहनको मूल्य जुटाउन स्थानीय सरकारी एवं गैरसरकारी संघ संस्थाहरु लगायत सहयोगी मनहरुलाई सहयोगको लागि समता सचेतना समाजले अपिल समेत गरेको सल्लाहकार संयोजक विनोद केसी बताउँछन् ।
सचेतना समाजका उपाध्यक्ष पुष्पा न्यौपानेले संस्थाको अनुरोधलाई स्विकार गर्दै चाँगुनारायण नगरपालिका बाट रु ३ लाख,सूर्यविनायक नगरपालिकाबाट रु ३ लाख,स्थानिय सहकारीहरु एवं सामाजिक व्यक्तित्वहरु बाट रु २ लाख गरि रु ८ लाख सकंलन गरिसकेको बताउदै शववाहन खरिदको लागि थप ३ लाख जुटाउन सहयोगी दाता,संघ संस्था तथा समाजिक व्यक्तिहरुको खोजी कार्य भैरहेको समाजका उपाध्यक्ष न्यौपानेले जानाकारी गराए ।

समाजका सचिव रामहरि खड्काले रु ८ लाख रकम बुझाएर शववाहन बुक गरिसकेको बताउदै सो पवित्र मानवीय कार्यको लागि आवाश्यक सहयोग,सहकार्य गर्नुहुने सम्पुर्ण सरकारी एवं गैरसरकारी संघ संस्था लगायत सहयोगी व्यक्तित्वहरुलाई सचिव खड्काले धन्यवाद समेत व्यक्त गरेका छन् ।
सो शववाहन आगामी भाद्र महिनाबाट सञ्चालनमा ल्याईने बताउदै समाजका सदस्य ईश्वर थापाले वर्तमान कोभिड १९ को कारण मृत्युवरण भएको अवस्थामा लाश उठाउन देखिएको समस्या प्रति थप संवेदनशिल बन्दै सो कार्यको लागि पनि शव वाहान प्रयोग गर्न सकिने जानाकारी गराए ।



प्रतिकृया