• २० भदौ २०८३, शनिबार
  • १०ः५० बिहान

विश्व बैंकद्वारा नेपाललाई ५४ अर्ब ऋण सहयोग

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ०९:३१

काठमाडौं । नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकले नेपाल सरकारलाई ५४ अर्ब रुपैयाँ ऋण सहयोग उपलव्ध गराउने भएको छ।

National Life

अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ऋण सहयोगसम्बन्धी सम्झौतामापत्रमा हस्ताक्षर गरेका छन्।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले सीमापार व्यापार तथा सडक सञ्जाल विस्तारसँगै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालको आर्थिक वृद्धि, राष्ट्रिय एवं क्षेत्रीय एकीकरणमा परियोजनाबाट मद्दत मिल्ने र त्यसले दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताए।

Classic Tech Desktop

बैंकले उपलब्ध गराउने उक्त रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता हो।

प्रतिकृया