ओसासुनासँग बार्सिलोना पराजित
प्रकाशित मिति
२०७७ श्रावण २ गते, शुक्रबार ०५:५०
काठमाडौं। स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग २-१ गोल अन्तरले पराजित भएको हुन् ।
ओसासुनाका लागि जोसे अर्नैज र रोबेर्टो टोरेजले एक एक गोल गरेका थिए । भने बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरेका थिए ।
टोरेजले १-१ गोलको अवस्थामा खेलको ९० मिनेटपछिको इन्जुरी समय (९४औन्) मिनेटमा गोल गर्दै ओसासुनालाई विजयी बनाएका थिए ।
त्यस्तै यस खेलमा खेलको ७७औ मिनेटमा ओसासुनाका इनरिक गल्लेगोले रातो कार्ड पाएर मैदान छोडेपछि ओसासुना १० खेलाडीमा सिमित भएको थियो ।
योसँगै बार्सिलोनाको यस सिजन उपाधि बिना नै सकिएको छ । अन्तिम एक खेल खेल्न बाँकी हुदै रियल म्याड्रिडले उपाधि जितेको छ भने बार्सिलोनाले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
बार्सिलोनाको ३७ खेलपछि ७९ अंक छ भने यो जितपछि ओसासुनाको ३७ खेलमा ५१ अंक भएको छ र लिगको ११औ स्थानमा उक्लिएको छ ।
अब बार्सिलोनाले यस सिजनको अन्तिम खेल आइतबार राति डिपोर्टिभो आल्भेजसँग खेल्ने छ ।





प्रतिकृया