• २१ भदौ २०८३, आइतबार
  • ४ः४० बेलुका

हराएका २५ वटा मोटरसाइकल धनीलाई बुझाइयो

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०८:२१

 

National Life

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित मोटरसाइकल
धनीलाई जिम्मा लगाएको छ ।

मंगलबार महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खट्टाईएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका मोटरसाईकलहरू बन्दाबन्दीको समयमा पनि खोजतलास गरी सम्बन्धीत धनीलाई जिम्मा लगाएको हो ।

Classic Tech Desktop

उपत्यकाका बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँबजार, ठमेल, सरस्वतिनगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरङ्खु, टोखा, वाँनियाटार, टिचिङ अस्पताल, कोटेश्‍वर, गौरीधारा, कोटेश्‍वर, कुमारीपाटी र गोकर्णेश्‍वरलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धीत धनिलाई जिम्मा लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको र सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, एकै छिन हो भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत सुझाव दिएका छन् ।

मोटरसाईकलहरु​ शुशिल मानन्धर, रोशना निरौला, बुद्ध तामाङ, प्रविन कुमार थापा, महेश कार्की, अभिशेक गुरुङ, सुवर्णमान तुलाधर, आशिष गुरुङ, दिपक जैशवाल, हलुङ्ग राई, प्रकाश बलामी, बिमल गुरुङ, राज कुमार तामाङ, राजिव मैनाली, सुष्मा नगरकोटी सुनार, प्रशान्त चौधरी, भिम बहादुर महर्जन, सुरज विश्‍वकर्मा, भुपेन्द्र प्रसाद चौलागाई, दिपक मानन्धर, सुन्दर श्रेष्‍ठ, पंञ्च बहादुर राई, प्रशन गुरुङ, नगेन्द्र शाही र मिलन सुनुवारका रहेका थिए उनिहरुलाई जिम्मा लगाएको हो ।

​महाशाखाले यस आव ०७६÷०७७ मा मात्रै चोरी भएका ३६८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई जिम्मा लगाईसकेको छ भने ३७ जना व्यक्तिलाई चोरीमा संलग्न भएको कसुरमा पक्राउ गरी आवश्यक कारावाही गरिसकेको छ ।​

प्रतिकृया