• २० भदौ २०८३, शनिबार
  • ६ः५६ बिहान

सप्तकोशी नदीमा पानीको बहाव उच्च

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०५:३५

सप्तरी, बिहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार बिहानदेखि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन् ।

National Life

सप्तकोसी ब्यारेजमा गरिएको पछिल्लो मापनअनुसार २ लाख ५६ हजार ६ सय १५ क्युसेकका दरले बहाव भइरहेको जिल्ला प्रहरीको छ। अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । पाँच वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढ्दै गएको हो ।

Classic Tech Desktop

यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो।

प्रतिकृया