• २० भदौ २०८३, शनिबार
  • ९ः१९ बिहान

उपत्यकामा ४२ सहित ११८ सङ्क्रमित थपिए

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०४:३३

काठमाडौँ, पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

National Life

त्यसैगरी आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या आठ हजार ११ पुगेको छ ।

त्यसैगरी आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ४२ पुगेको छ । काठमाडौँमा २८ जना र ललितपुरमा १३ जना सङ्क्रमित भएका छन् । भत्तपुरमा एकजना सङ्क्रमित पुष्टि भएको छ । उपत्यकामा बुधबार २३ जना, मंगलबार २८ जना, सोमबार ५४ र आइतबार ३० जना सङ्क्रमित पुष्टि भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया