• २० भदौ २०८३, शनिबार
  • १०ः०९ बिहान

म्याग्दीमा पहिरो गयोः ३ जनाको मृत्यु ,३१ जना बेपत्ता

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०३:३८

पोखरा, लगतारको वर्षले देशको विभिन्न ठाउँमा बढी, पहिरो गइरहेको छ । त्यसैगरी म्याग्दीमा गएको पहिरो र बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरि गाउँपालिका– ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीको प्रहरीले जनाएको छ ।

National Life

रघुगंगा गाउँपालिका–६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रहरीले जनाएका छ ।

पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रहरीलृ जनाएको छ । उद्धार टोली पुर्‍याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको छ ।

Classic Tech Desktop

रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।

बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।

प्रतिकृया