• २२ भदौ २०८३, सोमबार
  • ६ः१६ बेलुका

प्रहरीका नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०८:४४

 

National Life

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

Classic Tech Desktop

उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।

शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्।

अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन्। क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन्।

प्रतिकृया