• २२ भदौ २०८३, सोमबार
  • ६ः२३ बेलुका

वन्यजन्तुको दुरूपयोग भए अझै घातक र धेरै महामारी आउन सक्ने विज्ञहरूले चेतावनी

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०९:०८

काठमाडौं । वन्यजन्तुको चोरी शिकार तथा दुरूपयोग हुँदै गए कोरोना भाइरसभन्दा घातक अरू धेरै खाले महामारी आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

National Life

जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने चेतावनी संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले दिएका हुन्।

कोरोना भाइरस जस्तो रोगको उदय हुनुमा जनावरको मासुप्रति मानिसहरूको आशक्ति, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको विज्ञहरूको ठहर छ । ५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेकोसमेत राष्ट्रसंघले जनाएको छ ।

Classic Tech Desktop

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच सन्तुलन हुनुपर्ने पनि बताएको बीबीसीले जनाएको छ। बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ।

‘बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोना भाइरसजस्ता महामारी देखेका छौँ,’ राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन्।

गएको दुई दशकमा कोभिड-उन्नाइस भन्दा अगावै यस्ता रोगले एक सय अर्ब डलर बराबरको आर्थिक नोक्सानी गराइसकेका एन्डरसनको भनाइ छ ।

प्रतिकृया