• २१ भदौ २०८३, आइतबार
  • १ः३८ दिउँसो

कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल

प्रकाशित मिति

२०७७ असार २२ गते, सोमबार ०९:५८

काठमाडौं । गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

National Life

गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएकाले नागरिकहरुको सुरक्षाका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण भइरहेकोले रिपोर्ट नआउन्जेल बजार सिल गरिएको नगरपालिकाले सूचित गरेको छ।

Classic Tech Desktop

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन पनि नगरवासीलाई गोदावरी नगरपालिकाले आग्रह गरेको छ।

प्रतिकृया