विदेशमा अलपत्र नेपालीको उद्धार कार्य तीव्र
प्रकाशित मिति
२०७७ असार १३ गते, शनिबार ०८:०३
काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपाली कामदारसहित अन्यलाई उद्धार गर्ने क्रमले तीव्रता पाएको छ ।

बिहीबार विभिन्न देशबाट ७ वटा उडानमार्फत १ हजार १ सय ८३ जना नेपाली आइपुगेका छन् । विदेशमा रहेका कामदार ल्याउनकै लागि शुक्रबार १० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विदेशी जहाजसहित नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजले उडान भरिरहेका छन् । शुक्रबार नेपाल एयरलाइन्सका दुई जहाज बहराइन र हिमालय एयरलाइन्स मलेसियाको क्वालालम्पुर जाने तय भएको छ ।

बिहीबार हिमालयन एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट १ सय ५६ जना, कतार एयरवेजमार्फत १४७ जना, नेपाल एयरलाइन्समार्फत कुवेतबाट १४९ जना, जजिरा एयरमार्फत १४६ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै यूएईको आबुधाबीबाट १५४ जना, दुबईबाट १८९ जना र जापानको नारिताबाट २४२ जना आएका छन् ।



प्रतिकृया