• २४ भदौ २०८३, बुधबार
  • ९ः०९ राती

निलम्बित फरार डिएसपीलाई साधारण तारेखमा छाड्न आदेश

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०५:५०

 

National Life

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमोध ढुंगेललाई साधारण तारेखमा छाड्न आदेश दिएका छन्।

फरार रहेका उनी मंगलबार अदालतमा उपस्थित भएपछि उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

’फरार रहेका उनी आज अदालतमा उपस्थित भएका थिए,’ उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको श्रेष्ठले बताए ।उनीमाथि लुटपाट, चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको थियो ।

२०७५ चैत २६ गते काठमाडौं २९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले सोही दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए ।

प्रहरीले ती अभियुक्तको मोबाइलको कल डिटेल्स हेर्दा पटक(पटक डिएसपी ढुंगेलसँग सम्पर्क भएको देखिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको थियो ।

आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै जिल्ला अदालत काठमाडौंले २०७६ मंसिरमा ढुंगेलविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी फरार रहेका थिए ।

अदालतमा उपस्थित भएपछि न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा थुनछेक बहस भएको थियो । उक्त इजलासले ढुंगेललाई पुर्पक्षका लागि साधारण तारेखमा छाड्ने आदेश दिएको स्रेस्तेदार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया