• २६ भदौ २०८३, शुक्रबार
  • १ः२२ दिउँसो

जोर विजोर प्रणाली सवारी साधनहरु सञ्चालन, सबै निकायबाट जारी भएका सवारी पास रद्द

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ११:३४

 

National Life

काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्राफिक मशाहाखाका अनुसार मंगलबारदेखि यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नुपर्ने छ । मोटरसाइकललगायत चार पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए।

ढकालका अनुसार मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने । यदि दुई जना सवार भएको पाइएमा कारबाही हुने बताए ।

जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने एसएसपी ढकालले बताए । आज लकडाउन भएको ८५ औँ दिन काठमाडौं उपत्यकामा केही खुकुलो भएको सर्वसाधारणले महशुस गरेका छन् ।

प्रतिकृया