• ८ असोज २०८३, बिहीबार
  • ७ः४१ बेलुका

सरकारले ओमानबाट तोकेकोभन्दा सस्तो भाडादरमा फर्कंदै नेपाली

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०५:२१

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने भएको छ ।

National Life

ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा उनीहरुलाई नेपाल फर्काउने तयारी गरेको छ। दूतावासले सरकारले तय गरेको भाडादरभन्दा सस्तोमा नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको हो।

दूतावासले प्रतिव्यक्ति ११५ ओमान रियल तिर्ने गरी नेपाल फर्कने व्यवस्था मिलाएको जनाएको छ । सरकारले ओमानबाट स्वदेश फर्कन चाहने नेपालीले ५१० अमेरिकी डलर तिर्ने गरी सूची तयार पारेको थियो। तर ओमान दूतावासले उक्त मूल्यलाई पनि घटाएर नेपालीलाई घर पठाउन लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

दूतावासको सूची अनुसार जुन १५ मा सलाम एयर मार्फत १८० जना नेपाली ११५ ओमानी रियल (करिव ३६ हजार) तिरेर फर्कदैछन्। त्यस लगत्तै २१ जुनमा १८० नेपाली फर्कने छन्।

ओमानबाट फर्कने नेपाली सबैको पीसीआर परीक्षण गरेर ल्याउने दूतावासले जनाएको छ।दूतावासले सूचना जारी गर्दै सम्बन्धित सबैलाई आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा परीक्षण गराउन आग्रह गरेको छ।

परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी लिन दूतावासले आग्रह गरेको छ।

प्रतिकृया