• ७ असोज २०८३, बुधबार
  • १ः१४ राती

बाँके र बर्दियामा ४० सङ्क्रमित थपिए

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०२:३८

नेपालगञ्ज, बाँके र बर्दियाका ४० जनामा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जले शनिबार दिउँसो एक सूचना जारी गरेर बाँकेका १२ र बर्दियाका २८ जना गरेर ४० जनाका कोरोना सङ्क्रमण रहेको पुष्टि भएको जनाएको छ ।

National Life

अस्पतालका अनुसार नेपालगञ्ज–१ का ४१ वर्षिय एक महिला, बाँकेको खजुरा गाउँपालिकाका वडा नं–४ का छ महिला र एक पुरुष तथा वडा नं–५ का एक महिला गरेर ८ जना, बैजनाथ गाउँपालिका वडा न–२ का एक जना महिला र वडा न–६ का दुई जना महिला रहेका छन् । शनिबार थपिएका १२ जनासँगै बाँकेमा कुल सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । ती मध्ये एकजनाको मृत्यु भैसकेको छ भने ४३ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै बर्दियाको बाँसगढी नगरपालिका–२ का ए जना, ६ का एक र ९ का तीन जना, बढैयाताल गाउँपालिका–६ का एक जना र ७ का दुई जना, गुलरिया नगरपालिकाका–३ का नौ जना, ६ का एक जना र १० का एक जना, मधुवन नगरपालिका–२ का दुई जना र ५ का दुई जना र राजापुर नगरपालिका–८ का दुई जना र १० का तीन जना गरेर २८ जना रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो । शनिबार दुवै जिल्लामा गरेर भेटिएका ४० जना सङ्क्रमितहरूमा तीन जना महिला र ३७ जना पुरुष रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सङ्क्रमितहरूमा तीन वर्षदेखि ६० वर्षसम्मका महिला पुरुषहरू रहेको अस्पतालले जनाएको छ । गोरखापत्रपत्र अनलाइनबाट साभार

प्रतिकृया