• ७ असोज २०८३, बुधबार
  • १ः५० राती

होम क्वारेन्टिनमा बसेका एक जना पुरुषको निधन, कोरोनाको रिपोर्ट पोजेटिभ

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०३:११

काठमाडौं, नेपालमा कोरोनाकै कारण थप एक जनाको निधन भएको छ । मृतक डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष हुन् । उनी दमको विरामी थिए । सुर्खेतमा जेठ १९ गते दमको उपचार गरी घर फर्किएका उनी होम क्वारेन्टिनमा बसेका थिए ।

National Life

उनको जेठ २१ गते मृत्यु भएको कुरा कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज अपरान्ह १ः५३ बजे जारी गरेको विज्ञप्तीमा जनाईएको छ । निधन भएको भोलिपल्ट अर्थात जेठ २३ गते कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको र आज जेठ २४ गते नमूना पोजेटिभ आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया