• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०४ राती

जुवाडेहरुको अखडा बन्दै काठमाडौं

प्रकाशित मिति

२०७७ जेष्ठ २४ गते, शनिबार ०९:४०

काठमाडौं । जतिसुकै प्रहरी अनुगमन र कडाइ गरिए पनि काठमाडौं जुवाडेहरूको अखडा बन्दै आइरहेको छ । उपत्यकाका विभिन्न ठाउँका जुवाखालबाट दैनिक ५ देखि १० जना पक्राउ पर्छन् । प्रहरीले पक्राउ गरेपछि उनीहरूसँग भएको पैसा बरामद गरिदिन्छ र दुईरचार दिन हिरासतमा राख्छ ।

National Life

जुवालाई सामान्य अपराध मान्दै जिल्ला प्रशासन कार्यालयले झिनो चार्जमा हिरासतमुक्त गरिदिन्छ । प्रहरीले पक्राउ गरेर सामान्य सजाय पाएर उम्किएकाहरू झन् गोप्य र प्रहरीले पत्तो नपाउने ठाउँमा खोजेर जुवामा जान्छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जुवातासमा प्रहरीले जतिसुकै कडाइ गरे पनि भित्रभित्रै खेल्ने क्रम नरोकिएको बताए । उनले भने, ‘हामीले पक्राउ गर्ने हो, घटनाको अनुसन्धान गरी माथिल्लो निकायमा पठाउँछौं, कारबाही हाम्रो हातमा मात्रै हुन्न ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनयता उपयत्यकाका विभिन्न ठाउँबाछ जुवा खेल्ने ८ सय जना पक्राउ परेका थिए । उनीहरूलाई प्रहरीले केही दिन हिरासतमा राखेर छाडेको थियो । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

प्रतिकृया