• २९ भदौ २०८३, सोमबार
  • १२ः४९ दिउँसो

आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ? : मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०३:०७

काठमाडौं, व्यापारीहरुले एकतर्फि रुपमा पसल खुला गरेपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाउनु भएको छ । उहाँले समाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै एकतर्फि रुपमा बजार खोल्दा समुदायमा कोरोना संक्रमण फैलियो भने कसले जिम्मेवारी लिने भनी प्रश्न समेत गर्नु भएको छ ।

National Life

उहाँले क्वारेन्टाइन र जारी लकडाउनका कारण कोरोना संक्रमण समुदायमा नफैलिएको दाबी गर्नु भएको छ । फेसबुकमा मुख्यमन्त्री पोखरेलले ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन । आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौं ।’ लेख्नु भएको छ ।

सरकारले कोरोना महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ । बुधबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारदेखि न्यूरोड लगायत उपत्यका भरी पसल खोल्ने निर्णय गरेसँगै काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुला गरेका छन् । बिहानदेखि काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्व, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रमा पसलहरु खुला भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया