• २९ भदौ २०८३, सोमबार
  • ११ः४० बिहान

कोसी अस्पतालका थप २८ जना डिस्चार्ज हुँदै

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०१:५१

विराटनगर,विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् । दोस्रो परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ देखिएपछि उनीहरूलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् ।

National Life

डिस्चार्ज हुनेमा २२ जना पुरुष र छ जना महिला रहेको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । अस्पतालमा उपचारत उदयपुरका चार जना, झापाका सात जना, मोरङका छ जना, सुनसरी चार जना, सप्तरी दुइ जना, धनकुटा चार जना र खोटाङ एक जना रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले केही बेरपछि कोरोनामुक्त नागरिकलाई बिदाइ गर्दैछ । डिस्चार्ज हुनेहरू ४० दिनसम्म अस्पतालमा भर्ना भएर बसेका समेत रहेका छन् ।

झापा केचनकवलका तैयव आलम, नर आलम, सनवर मिया, सनवाज मिया, फिरोज मिया, इम्तिया आलम र मुस्ताफिक आलम हुनुहुन्छ । यसैगरी मोरङ, रतुवामाईका जफर मिया, ममताज आलम, पथरीका रमेश कार्की, विराटनगरका रिन्कु सहनी, आनन्दकुमार मेहता र कासिम मिया हुनुहुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सुनसरी गडी गाउँपालिकाका गोविन्द चौधरी, इटहरी–२ का निमाङ राई, इनरुवा–२ का बिमल रेग्मी र धरानका अरबिन श्रेष्ठ हुनुहुन्छ । यसैगरी, सप्तरीका रमन कुमार साह र रमदुल्ला मियाँ, धनकुटाका गणेश बुढाथोकी, बद्री गुरुङ, निशा थापा मगर र सिला लिम्बू रहनुभएको छ । खोटाङका दीपेन्द्र राईले कोरोनालाई परास्त गर्नुभएको छ ।

यसअघि कोशीको कोभिड–१९ उपचार केन्द्रबाट ३० र बीपी अस्पतालको उपचार केन्द्रबाट १८ जनाले कोरोना परास्त गरेर घर फर्किसकेका छन् । योसँगै प्रदेश १ बाट ७६ जनाले कोरोना परास्त गरिसकेका छन् । बुधबारसम्ममा १८५ जना सङ्क्रमित देखिएका छन् ।

प्रतिकृया