• २७ भदौ २०८३, शनिबार
  • ६ः५७ बिहान

समाजसेवामा नायिका नम्रता श्रेष्ठ

प्रकाशित मिति

२०७७ जेष्ठ १० गते, शनिबार ०५:४९

 

National Life

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित मोडेल र अभिनेत्री हुन् नम्रता श्रेष्ठ । आलोक नेम्वाङले निर्देशन गरेको चलचित्र ‘सानो संसार’ बाट नम्रताले नेपाली फिल्ममा डेब्यु गरेकी हुन् ।

उनी मोडेल तथा अभिनेत्री मात्र नभएर निमात्री र व्यवसायी पनि हुन् । उनले सानो संसार, मेरो एउटा साथी छ, छड्के लगायतको चलचित्रमा अभिनय गरेकी छन् । उनी नेपाली चलचित्र जगतमा आउनु भन्दा पहिले मोडलिङ तथा थिएटरमा सक्रिय थिइन् । उनले आफैले निर्माण गरेको फिल्म ‘जाइरा’ हो । उनि हाल घरमा बसेर सरकाले गरेको लकडाउनको नियम पालना गरि रहेकि छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनि अहिले सामाजिक कार्यमा अग्रसर भएकि छिन् । नम्रताले भर्खरै मात्र ‘हाम्रो सानो प्रयास’ अभियान अन्र्तगत ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने गरेर खाद्य र तरकारी दिएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय नम्रताले आज इन्स्टाग्राममा आकर्षक तस्वीर सार्वजनिक गरेकी छिन् ।

प्रतिकृया