• २९ भदौ २०८३, सोमबार
  • ४ः३१ बिहान

धदिङ थाक्रेका कोरोना संक्रमित व्यक्तिको परिवार र नजिकका साथीहरुको कोरोना रिपोर्ट नेगेटिभ

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०५:५०

 

National Life

धदिङ । धदिङ जिल्लाको थाक्रे वडा नम्वर ७ मा कोरोना संक्रमित व्यक्तिको परिवार र नजिकका साथीहरुको कोरोना पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

केही दिन अघि थाक्रे गाँउपालिका वडा नम्वर ७ का एक व्यक्तिमा कोरोना पुष्टि भएपछी उनका परिवार र नजिक रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उनको आमा, श्रीमती, एक छोरा, एक छोरी र भाई को साथै नजिक रहेको अन्य ५ जनाको स्वाब परिक्षण गरिएको थियो ।

परीक्षण गरिएको दश जनाको नै रिपोर्ट नेगेटिभ आएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिएका छन् ।

प्रतिकृया