• १ असोज २०८३, बिहीबार
  • २ः५५ दिउँसो

कपिलवस्तुका तीनै जना कोरोना संक्रमित भारतबाट आएको खुलासा

प्रकाशित मिति

२०७७ जेष्ठ ३ गते, शनिबार ०४:२९

काठमाडौं, कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षका पुरुष वडा नम्बर ११ का हुन् भने २५ र ४४ वर्षका पुरुष वडा नम्बर ८ का हुन् ।

National Life

भारतको मुम्बईबाट आएका उनीहरु लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई पुराना छाला कारखानामा बन्दै गरेको सुपा देउराली रिसोर्टको क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिकृया