• २८ भदौ २०८३, आइतबार
  • ८ः२९ राती

माछा मार्न गएका युवकको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०९:१६

 

National Life

सोलुखुम्बु । दुधकोशी नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।

दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार माछा मार्न भन्दै दूधकोशी गएका राईलाई माप्यदूधकोशी–७ र थुलुङदूधकोशी–८ जोड्ने कायघाटमा राखिएको ह्युमपाइप भित्र अड्किएको अवस्थमा बुधबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षकले जानकारी दिएका छन्।

उनका अनुसार राईको शव बुधबार नै कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिकृया