• २४ भदौ २०८३, बुधबार
  • ५ः३२ बेलुका

प्रधानमन्त्री ओलीद्वारा इजरायलका राष्ट्रपतिसँग फोनवार्ता

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०९:०२

 

National Life

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलका राष्ट्रपति रुभिन रिभलिनसँग टेलिफोन संवाद गरी नेपालीको सुरक्षा र कल्याणका विषयमा बझनुभएको छ ।

प्रधानमन्त्री ओलीसँगको आजको वार्तामा इजरायलका राष्ट्रपति रिभलिनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन आग्रह गरेका छन् । “ मेरो इजरायका महामहिम राष्ट्रपतिसँग टेलिफोन संवाद भयो, मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखे”, प्रधानमन्त्रीले ओलीले ट्वीटरमार्फत भनेका छन् । “उनले नेपालीहरु आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भनेका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विभिन्न राष्ट्रका प्रमुखहरुसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा बुझिरहनुभएको छ । गोरखापत्रबाट साहाभार

प्रतिकृया