• २६ भदौ २०८३, शुक्रबार
  • ३ः३६ राती

बलिउड अभिनेता इरफान खानको निधन

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०१:१५

एजेन्सी, बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

National Life

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया