लकडाउनमा के गर्दैछन् प्रदीप र स्वस्तिमा खड्का ?
प्रकाशित मिति
२०७७ बैशाख १२ गते, शुक्रबार ०५:१५
काठमाडौं, लकडाउनको समयमा नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का आज साँझ ६ बजे प्रत्यक्ष रुपमा कुराकानी गर्ने छन् । उनीहरुसँग जगदम्बा मोटर्स–टीभीएसको फेसबुक पेजबाट प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि सकिन्छ ।
नायक प्रदीप खड्का र नायिका स्वस्तिमा खड्का टीभीएस एनटर्क स्कुटरका ब्रान्ड एम्बेसडर हुन् । नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले उनीहरुलाई गत भदौ महिना देखि सो स्कुटरको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको थियो ।
टीभीएस एनटर्क १२५ विशेष प्रविधियुक्त प्लेटफर्ममा निर्मित नेपालकै पहिलो कनेक्टेड स्कुटर रहेको बताइएको छ । यसमा स्टेट–अफ–आर्ट सीभीटिआई आरईभीभी–३ भल्भ इन्जिन रहेको छ ।
विशेषतः युवा राइडरलाई लक्षित गरि डिजाइन गरिएको यो स्कुटर टीभीएस रेसिङ प्लेटफर्ममा आधारित छ । स्कुटरमा १ सय २५ सीसी क्षमताको थ्री भल्व इन्जिन जडान गरिएको छ । जसले उच्चतम पावर तथा टर्क दिई यात्रामा सहजता दिलाउँछ । यसले ७ हजार ५ सय आरपीएममा ९ दशमलव ४ पीएस पावर र ५ हजार ५ सय आरपीएममा १० दशमलव ५ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरले टीभीएस बाइककै झल्को दिने स्मुथ आवाज निकाल्छ ।
१ सय २५ सीसीको यो स्कुटरमा ३० भन्दा बढी नयाँ फिचर्स समावेश गरिएको छ । अन्य ब्रान्डका प्रतिस्पर्धी स्कुटरको तुलनामा एनटर्कको लुक्स तथा स्टाइल पृथक छ । एनटर्क नेपालमा उपलब्ध पहिलो स्पोर्टी स्मार्ट स्कुटर हो । जसलाई प्रयोग गर्ने राइडरले बिल्कुलै आरामदायी अनुभव बटुल्न सक्नेछन् । महिला–पुरुष दुवैजनाले चलाउन मिल्ने गरी यसको डिजाइन गरिएको छ ।








प्रतिकृया