• २९ भदौ २०८३, सोमबार
  • ७ः०४ बिहान

विश्वभर एक लाख ९१ हजारको मृत्यु, २७ लाख ३३ हजार संक्रमित

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०४:५०

एजेन्सी, विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

National Life

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५५१ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जनाको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनामहामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर २७,३३,५९१ ७,५१,४०४ १,९१,१८५
१। युरोप १२,००,२१७ ३,८०,९३४ १,१४,३६२
२। उत्तर अमेरिका ९,५५,७७१ १,०५,५०२ ५४,०८०
३। एसिया ४,३६,४९९ २,०५,८०६ १६,२३७
४। दक्षिण अमेरिका १,०३,९३१ ४३,६८० ५,०९४
५। अफ्रिका २८,२२० ८,५४३ १,३०१
६। ओसेनिया९अस्ट्रेलिया० ८,२३२ ६,१९४ ९६

दक्षिण एसियाली मुलुकहरु
१। भारत २३,५०२ ५,०१२ ७२२
२। पाकिस्तान ११,१५५ २,५२७ २३७
३। बंगलादेश ४,१८६ १०८ १२७
४। अफगानिस्तान १,२७९ १७९ ४२
५। श्रीलंका ३७३ १०७ ७
६। माल्दिभ्स १०८ १६ –
७। नेपाल ४८ ९ –
८। भूटान ७ ३ –

प्रतिकृया