लकडाउनले समस्यामा परेकालाई भक्तपुरमा निःशुल्क खाना खुवाइदै
प्रकाशित मिति
२०७७ बैशाख ७ गते, आईतवार ०४:२९
भक्तपुर, कोरोना संक्रमण फैलिन नदिनकालागि गत चैत्र ११ गतेदेखि सरकार लगाएको लकडाउनले ज्यालमज्दुरी गर्ने व्यक्तिहरु समस्यामा परेका छन् । कतिपय मज्दुरहरु हिडेरै घर गइरहेका समाचारहरु पनि प्रकाशित भएका छन् । सोही क्रममा हिडेरै घर जान लागेका विभिन्न यात्रुहरुलाई गठ्ठाघरमा खाना खुवाइएको छ । उनीहरु भक्तपुरको इट्टा भट्टामा काम गर्ने सिन्धुली, दंग, सल्यान, रोल्पाका रहेका छन् भने वृद्धवृद्धा, गर्भवती महिला, बच्च लगायतकाले खाना खाएका छन् । उनीहरुले खानाको व्यवस्था गरे जस्तै यातायातको पनि व्यवस्था गर्न अनुरोध गरेका छन् ।
आजबाट जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको सहयोग एवं नेतृत्वमा द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन गठ्ठाघरका सन्चालक वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यबस्था गरेको हो ।
अलपत्र परेका ति यात्रुहरुलाई खाना खुवाएको नागरिक कम्युनिटि टिचिङ्ग अस्पतालका संचालक समेत रहनुभएका कासिछ्वाले जानकारी दिनुभयो ।उहाँका अनुसार आजदेखि १५ गतेको लकडाउनसम्म गठ्ठाघरमा दिउँसो १ बजेसम्म पैदल यात्री, सडक मानव, अस्पतालका विरामी कुरुवादेखि भोकै बसेका यहाँ आउने जोसुकैलाई निःशुल्क खाना खुवाइने छ ।
भक्तपुरमा कोही पनि भोकै नपरुन भन्ने उदेश्यले प्रतिनिधीसभाका सांसद महेश बस्नेतको समन्वय र बिभिन्न निकायको सहयोगमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको छ । जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई गठ्ठाघरमा भात, दाल, तरकारी र अचार खुवाउने जानकारी दिनुभयो ।
नजिकै रहेको नागरिक अस्पताल, नेपाल कोरिया नगरपालिका मैत्री अस्पताल, मध्यपुर अस्पताल लगायतमा रहेका विरामी कुरुवालाई पनि खाना खान आउन आव्हान गर्दै उहाँले भक्तपुर अस्पताल र अन्य अस्पतालमा पनि कुरुवा र विरामीलाई समस्या परे खाना पुर्याउने बताउनुभयो । सडकमा बसेका, दैनिक ज्यालादारी गरी खानु पर्ने, अति विपन्न मानिस भोकै छन् भने खाना खान आउँन आव्हान समेत गर्नुभएको छ ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजा लगायतका उपस्थिति थियो ।












प्रतिकृया