• २० भदौ २०८३, शनिबार
  • ३ः२९ दिउँसो

प्रदेश २ सरकारले भारतसँग सीमा जोडिएका नाकामा सीसीटीभी जोड्दै

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार ०१:०९

धनुषा, प्रदेश २ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ। लकडाउनमा नाका बन्द गरिएको बेला पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका भारतसँग जोडिएका नाकाहरूमा सीसीटीभी जडान गर्न लागेको हो ।

National Life

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले भने, “क्यामेरा जडानका लागि करीब पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।” खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी नेपाल छिर्ने गरेकोले कोरोना भाइरस संक्रमणको जोखिम बढेकोले क्यामेरा जडानलाई विकल्पका रूपमा अघि सारिएको उनले बताए।

यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १०० साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया