• २० भदौ २०८३, शनिबार
  • १२ः१३ दिउँसो

इह्रिकनद्वारा भिडियो कन्नफ्रेन्स, कोरोना भाइरस सङ्क्रमण फैलन नदिन आश्वयक सहजिकरण गर्ने

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार १२:५०

भक्तपुर, मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल ( इह्रिकन) ले कोरोना भाइरस ( कोभिड १९) को सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनपछिको अवस्थाका बारेमा सूर्यविनायक र चाँगुनारायण नगरपालिका सरोकारवालासँग भिडियो कन्नफ्रेन्स गरेको छ ।

National Life

आइतवार बिहान ९ देखि १० बजेसम्म गरेको भिडियो कन्फ्रेन्समा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मीना शर्मा इह्रिकनका प्रबन्धक पञ्कजराज देवकोटा, लेखा प्रमुख आस्था ढकाल, सूर्यविनायक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष शिवशरण खत्री, चाँगुनारायण नगरपालिका स्थानीय सभाका संयोजक श्रीराम लामिछाने, भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ का स्थित रेडियो श्रोता क्लबका संयोजक गणेश वाग्ले र सञ्चारकर्मी सहितको उपस्थितिमा भिडियो कन्प्र्रmेन्स भएको हो ।

वडा नं.३ का वडाध्यक्ष शिवशरण खत्रीले उक्त कन्फ्रेन्समा सूर्यविनायक नगरपालिकामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक र दैनिक ज्याला मजदुरी गरी खाने वर्गहरुका लागि पहिलो चरणको राहत वितरण कार्य सम्पन्न भएको र अब दोस्रो चरणको राहतको कार्यक्रम तयारी भएको बताउनुभयो । लकडाउनका कारण नगरपालिकाका गरेका कतिपय कामको सूचना प्रवाह गर्न असहज भएको भन्दै नगरपालिकाले गरेको सबै कामको सूचना नगरपालिकाको वेइभसाइडमा राख्न पहल गर्ने उहाँले स्पष्ट गर्नुभयो ।

Classic Tech Desktop

मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष मिना शर्माले सूर्यविनायक र चाँगुनारयाण नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनका लागि गरेका कामका बारेमा सरोकारवालासँग जानकारी लिदै अर्को बैठकमा इह्रिकनबाट प्रदान गरिने डकुमेन्टको अध्ययन गरेर सङ्क्रमण फैलन नदिने सवालमा आवश्यक कार्य गर्ने बताउनुभयो ।
इह्रिकनको प्रबन्धक निर्देशक पञ्कजराज देवकोटाले गैरसरकारी संस्था, सञ्चारकर्मी र स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरस सङ्क्रमण फैलन नदिनका लागि आपसी समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले लकडाउनको अवधिमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र गृहमन्त्रालय लगायतका निकायले जारी गरेको विभिन्न कार्यविधि अध्ययन गरी अर्को बैठकमा आवश्यक सुझाव दिन समेत आग्रह गर्नुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का रेडियो श्रोता क्लबका संयोजक गणेश वाग्लेले सूर्यविनायक नगरपालिका वडा नं.७ मा राहत वितरण व्यवस्थित भएको र यस क्षेत्रमा गत डेढ महिनाअघिदेखि विदेशबाट आएका १५ जना नागरिकको ¥यापिट डाइनोष्टिक टेष्ट ( आरडिटी) को परीक्षण गर्ने कार्य जारी रहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिका स्थानीय सभाका संयोजक श्रीराम लामिछानेले नेपाल रेडक्र्स सोसाइटी चाँगु शाखा र अन्य संघ संस्थाको पहलमा चाँगुनारायण क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको फैलन नदिनका जनप्रतिनिधिसँग ससन्वय भइरहेको जानकारी गराउनुभयो । अर्को बैठक आगामी आइतवार सोही समयमा बस्ने मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले जनाएको छ ।

प्रतिकृया