• २२ भदौ २०८३, सोमबार
  • ७ः४१ बेलुका

दोषीलाई उन्मुक्ति, डाक्टरलाई स्पष्टीकरण

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार १०:४६

काठमाडौं । आफैं स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भएको स्वास्थ्य मन्त्रालयको नेतृत्वले कोरोना टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनमाथि कारबाही प्रक्रिया थालेको छ । स्वास्थ्य मन्त्रालयका केही सल्लाहकार र उच्च अधिकारीको उक्साहटमा मन्त्री भानुभक्त ढकालको निर्देशनमा पुनलाई स्पष्टीकरणको पत्र काटिएको हो ।

National Life

तीन दिनअघि डा पुनले र्‍यापिड टेस्ट (आरडीटी) को नतिजा तत्काल सार्वजनिक गर्दा आमजनमानसमा भ्रम सिर्जना भएको भन्दै त्यसलाई पोलिमार चेन रियाक्सन (पीसीआर) परीक्षणपछि मात्रै भाइरस देखिए सार्वजनिक हुनुपर्ने भनी सामाजिक सन्जालमा पोस्ट गरेका थिए। ‘र्‍यापिड टेस्ट किटको पत्ता लगाउने र सही देखाउने क्षमता पीसीआरको भन्दा धेरै कम हुन्छ,’ उनले लेखेका थिए, ‘पीसीआर परीक्षणपछि मात्रै संक्रमितको संख्या सार्वजनिक गर्ने कि ?

ओम्नी समूहमार्फत खरिद गरी नेपाल ल्याएको आरडीटीको विश्वसनीयतामा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामार्फत तत्काल त्यसको प्रयोग नगर्ने निर्णय गरेको थियो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट परीक्षण गरेर प्रयोगमा ल्याउने भनिए पनि पछि सरकारले एकाएक प्रयोग गर्न थाल्यो।

Classic Tech Desktop

त्यही विषयमा पुनले सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले नियमित रूपमा सञ्चारमाध्यममा पनि प्रतिक्रिया दिँदै आएका थिए। खासगरी कोरोना संक्रमणको जोखिम, त्यसका लक्षण र बच्ने उपायबारे उनका नियमित रूपमा लेख र अन्तर्वार्ता प्रकाशित भएका थिए।

‘उनले औंल्याएका कतिपय विषयमा मन्त्रालयको नेतृत्व रुष्ट थियो, त्यसैले पत्र काटियो होला,’ मन्त्रालय स्रोतले भन्यो, ‘उनलाई मन्त्रालयमै बोलाएर हतोत्साही गर्ने योजना असफल भएपछि पत्र काटिएको हुनुपर्छ। यो तर्साउने रणनीति हो।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुनलाई पत्र काटेको विषय आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। कान्तिपुर दैनिकबाट साहाभार

प्रतिकृया