• २२ भदौ २०८३, सोमबार
  • १ः१२ राती

त्रासका कारण मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार ०८:४४

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ।

National Life

गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो।

बुधबार जिल्ला प्रशासन कार्यालयले गापामा औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

Classic Tech Desktop

त्यसैगरी आजको बैठकले गापाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ।

प्रतिकृया