• २२ भदौ २०८३, सोमबार
  • १०ः३५ राती

विदेशबाट फर्कने नागरिकलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार ०५:५८

काठमाडौं, सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका नेपाल नागरिकको फिर्ताको प्रक्रिया सुरु गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बिहीबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो। कोरोनाको उच्च जोखिममा रहेका देशबाट फर्कन चाहने नागरिकलाई फिर्ता तथा उद्दारको प्रक्रिया अघि बढाउन सर्वोच्चले भनेको छ।

National Life

वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले भनेको छ।अधिवक्ता सोमप्रसाद लुइटेलसहितले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।

Classic Tech Desktop

प्रतिकृया