बिश्वभर कोरोनाको कारण १ लाख ३३ हजारको मृत्यु, २० लाख ५३ हजार संक्रमित
प्रकाशित मिति
२०७७ बैशाख ४ गते, बिहीबार ०५:१३
काठमाडौं । बिश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बिहिबार राति १ बजेसम्म १ लाख ३२ हजार ९ सय ५१ जना पुगेको छ। कोरोनाले २० लाख ५३ हजार २ सय जना संक्रमित भएका छन्। त्यस्तै ५ लाख ८ हजार जना निको भएका छन्।

उपचाररत १४ लाख १२ हजारमध्ये ५१ हजारको अवस्था गम्भीर छ । कोरोना भाइरसले बुधबार अमेरिकामा १५ सय ५८ जनाले ज्यान गुमाएका छन् ।
योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २७ हजार ६०५ पुगेको छ। अमेरिकामा ६ लाख २३ हजार संक्रमितमध्ये करिब १० हजार जना नयाँ संक्रमित थपिएका हुन् ।

फ्रान्समा बुधबार मात्रै १४ सय ३८ जनाले ज्यान गुमाउँदा कुल मृतकको संख्या १७ हजार १ सय ६७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार छ ।
बेलायतमा बुधबार एकै दिन ७ सय ६१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ हालसम्म ११ हजार ८६८ जनाले ज्यान गुमाएका छन् । ९८ हजार ४ सय संक्रमित मध्ये ४ हजार ६ सय जना नयाँ संक्रमित थपिएका छन् ।
इटलीमा एकै दिन ५ सय ७८ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । त्यहाँँ १ लाख ६५ हजार संक्रमित छन् ।
त्यस्तै स्पेनमा एकै दिन ३ सय २४ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १८ हजार ५७९ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ७८ हजार संक्रमित छन्।
अहिलेसम्म इरानमा ४ हजार ७ सय ७७, चिनमा ३ हजार ३ सय ४२, बेल्जियममा ४ हजार ४ सय ४०, जर्मनीमा ३ हजार ५ सय ९२, नेदरल्याण्डमा ३ हजार १ सय ३४, ब्राजिलमा १ हजार ५ सय ९० र स्विजरल्याण्डमा १ हजार २ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरि टर्कीमा १५ सय १८,
स्विडेनमा १२ सय ३ र क्यानडामा १ हजार ६ जनाको मृृृृत्युु भएको छ ।त्यसैगरि भारतमा ४ सय ५ जनाको मृत्यु भएको छ भने १२ हजार ३ सय २२ जना संक्रमित छन् ।




प्रतिकृया