• २१ भदौ २०८३, आइतबार
  • १ः५१ दिउँसो

सनसिटीमा कोरोना आशंका गरिएकी महिलाको दोस्रो परीक्षण नतिजा पनि नेगेटिभ

प्रकाशित मिति

२०७७ बैशाख ३ गते, बुधबार ०५:०५

काठमाडौं, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमित परिवारका अर्का एक सदस्यको भने कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पिसिआर प्रविधिबाट पुनः परीक्षण गर्दा महिलाको नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो ।

National Life

र्‍यापिड टेस्ट गर्दा परिवारका तीनै जना सदस्यमा पोजेटिभ देखिएपछि उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। मंगलबार तीनमध्ये दुईजनाको कोरोना पोजेटिभ देखिएको थियो। एक महिलाको पहिलो परीक्षणको नतिजा भने नेगेटिभ आएको थियो। दोस्रो परीक्षणमा पनि आज रिपोर्ट नेगेटिभ देखिएको हो।

उनीहरू गत चैत ५ गते बेलायतबाट नेपाल आएका थिए। सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरूमध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि आज सो अपार्टमेन्टमा रहेकाहरूको र्‍यापिड टेस्ट गरिएको थियो।

Classic Tech Desktop

संक्रमित बस्दै आएका २ सय ९८ जनाकै नतिजा नेगेटिभ आएको छ।

प्रतिकृया