• २० भदौ २०८३, शनिबार
  • ३ः४६ दिउँसो

भारतबाट कोरोना भित्रिन नदिन मधेसमा १६ सय ५० सुरक्षाकर्मी थपिए

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०६:१३

 

National Life

वीरगञ्ज । भारतसँग खुल्ला सीमा जोडिएका कारण प्रदेश नं २ कोराना भाइरस संक्रमणको जोखिम उच्च रहेको छ । भारतबाट कोरोना भित्रिन नदिन मधेसमा १६ सय ५० सुरक्षाकर्मी थपिए छ ।

दुबै देश लकडाउनमा भए पनि खुल्ला सीमानाबाट मानिसहरु छिर्न सक्ने अवस्था जीवीतै छ । सशस्त्र प्रहरीले कोरोना भाइरस संक्रमित व्यक्ति नेपालमा भित्रिन नदिन प्रदेश नं २ को सीमा क्षेत्रमा कडाइ गरिएको जनाएको छ ।

Classic Tech Desktop

लकडाउनमा पनि खुल्ला सीमाबाट मानिस भित्रिन सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले प्रदेश नं २ मा संगठनको जनशक्तिलाई बोर्डर इलाकामा केन्द्रित गरेको छ । सशस्त्र प्रहरी जवान आधारभूत तालिमरत प्रशिक्षार्थी, सशस्त्र प्रहरी बल प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत १ हजार जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।

प्रदेश नं २ मा ४६४ किलोमिटर खुल्ला सिमाना छ । लकडाउनअघि ११० स्थानमा ५५० जनाको ड्युटी सीमाक्षेत्रमा परिचालन गर्ने गरिएको थियो । लकडाउनपछि प्रदेश नं २ का ४२५ स्थानमा १ सिफ्टमा २ हजार २०८ जनशक्ति परिचालन गरिएको बाहिनीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

त्यसबाहेक गाडी मोबाइल, मोटरसाइकल, साइकल तथा पैदल गस्ती, आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको उनले बताएका छन् ।

नेपाल भारत दुबै देश हाल लकडान गरिएको जस्का कारण नेपाल आउने जानेको संख्या अझै रोकियको छैन् । आउन जानका लागि सिमामा भएका नागरीकलाई भारत नेपाल सरकार वीचमा भएको समझदारी अनुसार दुबै देशका नागरिक जो जहाँ छन्, त्यहीँ बस्ने–खाने व्यवस्था गरी सुरक्षित साथ राख्नुपर्ने भन्ने छ । प्रदेश नं २ मा १८३ जना भारतीय नागरिक राखिएका छन् भने ५० जना नेपाली नागरिक भारतमा सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश नं २ मा घना वस्ती, बढी जनसंख्या, खुल्ला सीमाना भएकाले कोरोना भाइरस भित्रिएको खण्डमा नियन्त्रण गर्न कठिनाइ हुने भएकाले भित्रिन नै नदिन सतर्कता अपनाइएको सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।
सशस्त्र प्रहरी कर्मचारीहरुको व्यक्तिगत सुरक्षालाई ध्यान दिई साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, ब्यक्तिगत दुरी कायम राख्ने साथै प्रयोग गर्ने सवारी साधनहरुलाई समेत डिसइन्फेक्टेड गरी प्रयोगमा ल्याइएको, मेडिकल टिम तयारी हालतमा राखिएको, थर्मल गनको व्यवस्था गरिएको र न्यून संख्यामा भए पनि पीपीईको व्यवस्था मिलाइएको उनले बताए ।

अति आवश्यक बिदाबाहेक अन्य बिदा कटौती गरी सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न उत्प्रेरणा जगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया