• २१ भदौ २०८३, आइतबार
  • ४ः१३ बेलुका

बढी मूल्य लिएको आरोपमा आइकालु मिट सेन्टरलाई २ लाख जरिवाना

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०९:५४

 

National Life

काठमाडौं । बढी मूल्य लिएको आरोपमा आइकालु मिटसप कारबाहीमा परेको छ । वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री गरेको पाएपछि उपभोक्तालाई ठगी गरेको आरोपमा २ लाख जरिवाना गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए ।

Classic Tech Desktop

आइकालुलाई उपभोक्ता सरक्षण ऐन २०७५को १६ (२) (क) ३८ (ङ)को कसुरमा ३९ (ख) बमोजिम जरिवाना गरेको उनले बताए । विभागका अनुसार आइकालुले बढी मूल्य लिएको सन्दर्भमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा जरिवाना गरेको हो ।

उजुरीमा आधा किलोको ९ सय रुपैयाँ लिएको उल्लेख छ । सोही आधारमा अनुगमन गरेको विभागले जनाएको छ ।

प्रतिकृया