• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४६ बिहान

प्रदेश १ को जनसुरक्षा कोषमा ११ करोड ८५ लाख संकलन

प्रकाशित मिति

२०७६ चैत्र २६ गते, बुधबार ०८:४०

 

काठमाडौं । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० लाख रुपैयाँ जम्मा भएको छ । अब कोषमा ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबार सम्म ११ करोड ६५ लाख ११ हजार ३१ रुपैयाँ रहेको थियो ।

Kamana Sewa

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको थियो। राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष, खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Classic Tech Desktop

प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा दाखिला गर्नेको नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंकमा दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ ।

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिकृया