• २१ भदौ २०८३, आइतबार
  • ४ः४० बेलुका

कोरोना संक्रमित ८ जनाकै अबस्था सामान्य

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०९:२८

 

National Life

काठमाडौं। महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म एक हजार ७ सय ९६ जनाको नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा देशैभरका क्वारेन्टाइनमा नौ हजार २२८ जना रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् । आज नयाँ कोरोना भाइरसको संक्रमण देखिएको छैन्, संक्रमण देखिएर उपचाररत आठै जनाको स्वास्थ्य सामान्य रहेको उनले जानकारी दिएका छन् । आज काठमाडौ उपत्यकका १६ जना र काठमाडौ बाहिरका विभिन्न अस्पतालको आइसोलेसनमा ८४ जना उपचाररत रहेका छन् ।

Classic Tech Desktop

मन्त्रालयले सार्वजनिक गरेको १११५ र ११३३ कल सेन्टरमा २४ घण्टामा तीन हजार ५०५ जनाको गुनासो सम्बोधन गरिएको उनले जानकारी दिए । आठै जनाको कोरोना संक्रमितहरु नजिक रहेका र परिवारका सदस्यहरुको ९० प्रतिशत गरिसकेको छ ।

पिसिआर मेसिनबाट र र्यापिट टेष्ट किटबाट परिक्षण गर्न स्वाब नमुना परिक्षण गर्न कैलालीमा १८ र कञ्चनपुरमा २१ वटा नमुना संकलन भएको छ । जुम्ला र अछाममा पनि नमुना संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले ति जिल्लाबाट ४ सय ५० नमुना संकलन गर्ने लक्ष्य रहेको बताए ।

काठमाडौ बाहिरका ९ जिल्लामा कोरोना भाइरसको परिक्षण भइरहेको छ । उनले काठमाडौ उपत्यकका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिको थप नमुना संकलन गरिएको बताए । मन्त्रालयले हाम्रो स्वास्थ्य मोबाइल एपमा कोरोना भाइरसको लक्ष्णसँग मिलेका रेड जोनमा १७ जना परेका छन् जम्मा रेड जोनमा एक सय ७२ जना रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया