कोरोना परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ
प्रकाशित मिति
२०७६ चैत्र २५ गते, मंगलवार ०३:४७
भक्तपुर, भक्तपुर अस्पताल दूधपाटीमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पीपी बुथ राखिएको छ। अस्पतालको इर्मजेन्सी वार्डको बाहिर बुथ राखिएको हो। डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ बनाएको हो ।
भक्तपुर अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले कोभिड १९ सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोभिड १९ सर्नबाट जोगाउन बुथ राखिएको जनाइन्।
चिकित्सक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भावना शुन्य हुने जनाइएको छ। सो क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ।
बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले यसअघि एक कार्यक्रमबीच भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमलाई यो बुथ हस्तान्तरण गरिएको छ ।






प्रतिकृया