अत्यावश्यकीय वस्तुको आयातमा असर छैन
प्रकाशित मिति
२०७६ चैत्र २४ गते, सोमबार १०:५२
काठमाडौं । लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जानकारी दिएको छ । यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित र सहज किसिमबाटै जारी रहेको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

दाल, चामल, चिनी, ग्यासजस्ता अत्यावश्यकीय वस्तु नियमितजस्तै निर्बाध रूपमा आयात भइरहेको उनले बताए । विभागका अनुसार आयात र निर्यातको समग्र मात्रा भने घटेको छ । यद्यपि अत्यावश्यकीय वस्तु भने पहिलेकै परिमाणमा आयात भइरहेको दाहालले स्पष्ट पारेका छन् । सामान्य अवस्थामा समग्र आयातमध्ये १० प्रतिशत अत्यावश्यकीय वस्तु हुन्थ्यो, अहिले पनि अत्यावश्यकीय बस्तु त्यति नै आयात भएको छ तर अन्य वस्तुको आयात भने १० प्रतिशतमा झरेको उनले बताए ।
आयातित वस्तुलाई पूर्ण रूपमा ‘डिसइन्फेक्ट’ गराएर मात्र नेपाल प्रवेश गराइएको महानिर्देशक दाहालले जानकारी दिएका छन् । पूर्ण सुरक्षाको विधि प्रयोग गरेर सुरक्षित रूपमा व्यापारको काम नियमित गरिएको उनले बताए । हाल चीनतर्फका नाका खुला गरिए पनि अत्यावश्यक वस्तु भारतबाटै अयात हुँदै आएको छ । गोरखापत्रबाट साहाभार




प्रतिकृया