• २० भदौ २०८३, शनिबार
  • ९ः४६ बिहान

न्यूयोर्कको ब्रोन्स चिडियाखानाको बाघमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार १०:१७

 

National Life

एजेन्सी । अमेरिकी सहर न्यूयोर्कस्थित एक चिनियाखानामा एक बाघमा पनि कोरोना ‘पोजिटिभ’ पुष्टि भएको छ । बाघमा कोरोना संक्रमण देखिएको पहिले घटना हो ।

कोरोनाबाट अति प्रभावित अमेरिकी सहर न्यूयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना ‘पोजिटिभ’ भएको पाइएको छ ।

Classic Tech Desktop

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोनाको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाले आइतबार विज्ञप्ति जारी गर्दै चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

बाघको परीक्षण अति सावधानीपूर्वक गरेका र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहेको विज्ञप्तिमा भनिएको छ ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेकोे छ । तर, चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

न्यूयोर्कमा कोरोना संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन् । मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने चिडियाखानाले बताएको छ ।

कोरोनाबाट अमेरिका पछिल्लो समय निकै प्रभावित भएको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ३६ हजार ६ सय ७३ जना कोरोनाबाट संक्रमित भएका छन् भने ९ हजार ६ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । साथै १ लाख ७ हजार ९ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

चीनबाट फैलिएको कोरोनाबाट अहिले विश्वको २ सय ८ देश ग्रसित बनेको छ ।

प्रतिकृया