• २४ भदौ २०८३, बुधबार
  • २ः४७ राती

नगरबासीलाई सोधिएका प्रश्नको सही उत्तर दिनु ः गोकर्णेश्वर

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०९:१६

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस ( कोभिड १९) को सङ्क्रमण फैलन नदिन नगरपालिका क्षेत्रमा विदेशबाट फर्केका व्यक्तिको खोजी गर्ने भएको छ ।
नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक जिविकोपार्जन गर्ननै समस्या भएका ज्याला मजदुरी गरी खाने नागरिकको समेत खोजी गरी तथ्याङ्क राख्ने नगरपालिकाले आइतवार सूचना जारी गरी सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस क्रममा नगरपालिकाबाट टेलिफोन सम्पर्क गर्ने कार्य भइरहेको हुँदा सबै नगरबासीलाई सोधिएको प्रश्नको सही उत्तर दिनु भइ सहयोग गर्न समेत नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।
कुनै कारणले कसैलाई टेलिफोन सम्पर्क नभएको अवस्थामा आफूलाई थाहाँ भएको जानकारी सम्बन्धित वडाध्यक्ष वा वडा सदस्य र नगरपालिकाको कार्यालयमा गराई यस संकटको घडीमा स्थानीय सरकारलाई सहयोग गर्न समेत नगपालिकाका प्रमुखप्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यस विषयमा कुनै व्यक्तिलाई जानकारी आवश्यक परे नगरपालिकाको कार्यालय वा आआफ्नो वडाका वडाध्यक्षलाई सम्पर्क गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले वडा नं. १ का वडाध्यक्ष राम मान्धर, २ का कृष्णबाहुर पण्डित क्षत्रि, ३ का राजेन्द्र भण्डारी, ४ का श्रीकुमार श्रेष्ठ, ५ का नारायणबहादुर सुवेदी, ६ का रमेश अर्यालय, ७ केशब गुरुङ, ८ का मनोज ढङ्गाना र ९ का राजिव थापालाई सम्पर्क गर्न जारी सूचनामा उल्लेख गरिएको छ ।

National Life

प्रतिकृया