• २४ भदौ २०८३, बुधबार
  • ४ः३१ बिहान

प्रहरीलाई ढुङ्गा मुढा गर्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०७:०७

मकवानपुर, प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

सोही उपमहानगरपालिका–१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा।९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर समेत गरी स्थिति नियन्त्रणमा लिएको थियो । ढुङ्गामुढाले लागेर ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा.१ झ ७५२७ नम्बरको गाडीको झ्यालको सिसा र पछाडिको सिसा फुटेको छ । झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया