• २४ भदौ २०८३, बुधबार
  • ४ः३८ बिहान

सरकारको निर्णय: ‘लकडाउन’ आठ दिन थपियो

प्रकाशित मिति

२०७६ चैत्र १६ गते, आईतवार ०६:१७

काठमाडौं, सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले ८ दिन लकडाउन बडाउने निर्णय गरेको हो ।

National Life

साथै सरकारले लकडाउन थप्ने निर्णयसहित अन्य ८ वटा निर्णय गरेको छ । आजै बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बसेको बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

जसअनुसार मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो । सरकारले कोरोनाभाइरसको जोखिम कम गर्ने उद्देश्यका साथ चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ भने एक जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

प्रतिकृया